फाइल फोटो
बाँके जेठ १ गते ।
बाँकेमा शुक्रबार थपिएका ८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने तयारी गरिएको छ ।
नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका उनीहरु केही पहिले भारतबाट आएका थिए । ‘नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
शाहका अनुसार उनीहरु फरक फरक समूहमा आएका थिए स्थानीय तहले बनाएको तीन वटा क्वारेन्टाइनमा बसेको बताए ।
उनीहरुलाई कोरोना संक्रमण पुष्टि भए सङ्गै दाङ लगिने भएको छ । बाँकेको खजुरास्थित कोरोना अस्पताल (सुशील कोइराला प्रखर क्यान्सर अस्पताल) मा सन्क्रमित व्यक्तीको लागिववेड खाली नभएकाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल लैजान लागिएको हो अध्यक्ष शाहले जानकारी गराएका छन् ।
Discussion about this post