काठमाडौ जेठ ३ गते ।
नेपालमा थप तीनजनामा कोरोना पोजेटिभ देखिएको छ । आज मात्रै ९ जना संक्रमित थपिएका छन् । विहान १० बजे पर्साका दुई तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत् जानकारी गराएको थियो भने साढे ११ बजे फेरि मन्त्रालयले विज्ञप्ति निकालेर कपिलबस्तु चन्द्रौटाका तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताउनुभएको छ ।

Discussion about this post