बाँके जेठ ४ गते ।
बाँकेको नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको आज मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरस्थित दिपेन्द्र मावि भोजभगवानपुर क्वारेन्टिनमा राखिएका २५ बर्षिय युवकको आज विहान पौने ७ बजेतिर मृत्यु भएको हो ।
मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन भइसकेको श्रेष्ठले बताउनुभयो । उनी गत बैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनलाई आज विहान ३ बजेतिर वान्तासँगै ज्वरो आएको थियो । उपचारका लागि उनलाई सदरमुकाम नेपालगन्ज ल्याउने तयारी भइरहेकै बेला मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । उनको कोरोनाबाटै मृत्यु भएको हो वा होइन स्वाब रिपोर्ट आएपछि मात्र थाहा हुने छ।
Discussion about this post