काठमाडौं जेठ ५ गत ।
सोमबार नेपाल प्रेस काउन्सिलका पदाधिकारी, कर्मचारी र पत्रकारहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छ । नियमित रिपोर्टिङमा हिँड्ने पत्रकार, फोटो पत्रकार र अनुगमनमा हिँड्ने काउन्सिलका पदाधिकारी तथा कर्मचारीमा कोरोना संक्रमण परीक्षण गरिएको हो ।
काउन्सिल कार्यालयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मी पुगेर पत्रकार, काउन्सिल पदाधिकारी र कर्मचारीको स्वाब संकलन गरेको हो । पछिल्लो समय पत्रकारमा कोरोना संक्रमण देखिए पछि विभिन्न जिल्लाहरूमा चेक गर्न लागिएको हो ।
Discussion about this post