फाइल फोटो
बाँके जेठ ५ गते ।
बाँकेको नरैनापुर गाउँपालिकामा आज थपिएका ४७ जना कोरोना संक्रमितलाई नरैनापुरकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमै राखिने भएको छ ।
उक्त अस्पताललाई आइसोलेसनको रुपमा स्थापना गरेर त्यही राख्ने निर्णय भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।
त्यसका लागि नेपालगन्जका वयेष्टन अस्पतालले २५ वेड निःशूल्क उपलब्ध गराएको छ । अन्य निजी अस्पतालहरुले पनि निःशूल्क बेड उपलब्ध गराउने प्रतिबद्धता जनाएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउनुभयो । उक्त पालिकामा यसअघि ८ जना संक्रमित फेला परेका थिए ।
उनीहरुलाई दाङको बेलझुण्डी कोरोना अस्पतालमा राखिएको छ । कोरोनाबाट नरैनापुरमा एकजना युवाको मृत्यु भइसकेको छ । बाँकेमा मात्र संक्रमितको संख्या ८१ पुगेको छ ।
Discussion about this post