फाइल फोटो
भिम पौडेल
बाँके जेठ ५ गते । कोरोना संक्रमित हरुको संक्रमण बढ्दै जाँदा बाँके मा उनिहरुको ब्यबस्थापन मा चुनौती थपिँदै गयको छ । सुरुमै समुदाय स्तरमा कोरोना देखिएको बाँके को नेपालगंजमा २६ जना कोरोना संक्रमित लाई बाँके कै खजुरा स्थित सुसिल कोईराला क्यान्सर हस्पिटल मा राखियको थियो । त्यस पछि लगतै बाँके को नरैनापुर गाउँ पालीका मा ८ जना कोरोना संक्रमित फेला परे पछि बाँके मा थप आईसोलेसन को ब्यबस्था नहुदा दाङ्ग लगियको थियो ।
बाँके मा थप आईसोलेसन का लागि लाइन्स डेन्टल हस्पिटल लाइ चुनियता पनि उक्त स्थानमा तयारी पुरा नभयको भन्दै उनिहरुलाइ दाङ् लगिएको थियो । बाँके मा प्रयाप्त स्वास्थ्य उपकरण नहुदा समस्या देखिन थालेको छ ।अझै फेरी नरैनापुर गाउँ पालीका मा केही दिन देखी भारत बाट आयका ४७ जना मानिस हरुमा कोरोना भाईरस को संक्रमण फेला परे पछि उनिहरुको ब्यबस्थापन मा अन्यौलता बढेको छ ।
बाँकेका हरेक स्थानीय तहमा कोभिडका बिरामीका लागि एम्बुलेन्स तयार राख्ने भनियता पनि तयार अवस्थामा छैन । बाँकेमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलाई पीपीइ आवश्यक मात्रामा नभएपछि जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्रसँग स्वास्थ्य सामाग्री माग गरेको तर, ती सामाग्री जिल्ला आइसकेको छैन । बाँके मा आईसोलेसन निमार्ण मा प्रयाप्त भौतिक सामाग्री अभाब रहेको छ ।
भारतको सिमा क्षेत्र भयका ले पनि भारत बाट आउनेको संख्या मा कमि आयको छैन तेसैले संक्रमित को संख्या अझै बढ्न सक्ने आकलन समेत गरियको छ । हाल बाँके मा ४१ क्वारेन्टाइन मा झन्डै एक हजार भन्दा बढी बसी रहेका छन । बाँके मा झन्डै २५ सयको हाराहारीमा pcr जाँच गरियको छ जस्मा ८१ जनामा कोरोना भाईरस को संक्रमण फेला परिसकेको छ भने एक जना को मृत्यु समेत भयको छ । बेलैमा थप आईसोलेसन निर्माण गर्न नसक्ने हो भने यसले झनै समस्या थप्ने जनाएको छ ।
Discussion about this post