काठमाडौं जेठ ५ गते ।
मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनिक प्रवन्धहरूमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’
उनका अनुसार नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । ‘यो नक्सा बमोजिम नै हाम्रा निशान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ, उनले भने।
याे नक्साले नेपालकाे उत्तरी, पूर्वी, दक्षिणि, पश्चिमी अन्तर्राष्ट्रिय सीमाहरूसहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेकाे उनले बताए ।
उनका अनुसार याे नक्सा नेपालकाे सबै किसिमका प्रशासनिकलगायत सबै प्रबन्धहरूमा प्रयाेग गर्ने गरी सरकारले निर्णय गरेकाे हाे । ”याे नक्सामा नेपालकाे सङ्घीयता अनुरूपका प्रदेश तथा स्थानीय तहहरूसमेत समेटिएका छन्” मन्त्री खतिवडाले ”याे नक्साबमाेजिम निशानछाप, सरकारी कामकाजमा प्रयाेग हुने नक्साहरू, विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकहरू र सबै सार्वजनिक प्रयाेगमा ल्याइने नेपालकाे नक्सा अद्यावधिक हुनेछन् ।
यसअघि सरकारले गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि भारतद्धारा मिचिएको भूमिसमेत समेटेर नेपालको नक्सा अद्यावधिक गर्ने प्रतिबद्धता गरेका छन् ।
Discussion about this post