काठमाडौं जेठ ६ गते ।
गत बिहिबार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(९ राम्चेकी २९ वर्षीय महिलाको शिशुलाई सहयोग मिल्ने भएको छ ।
आमा गुमाएका शिशुको १ देखि १२ कक्षासम्म अध्ययनकालागि पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जिम्मा लिने घोषणा गरेका छन ।
बस्नेतले तत्कालै शिशुको पौष्टिक आहारका लागि ५० हजार आर्थिक सहयोग पनि गर्ने भएका छन । आमा कोरोनाबाट मृत्यु भएको र पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले बच्चाको आवश्यक हेरचार र खानपानकालागि केही रकम सहयोग गरेको पूर्वमन्त्री बस्नेतले बताएका छन् । १२ कक्षा पछि पनि थप उच्च शिक्षा अध्ययनका लागि र रोजगारीको व्यवस्थाको पहल समेत गर्ने बस्नेतले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post