बाँके जेठ ७ गते ।
कपिलवस्तु र रुपन्देहीमा १३ जना कोरोना संक्रमित थपिएका छन् ।कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा ९ र विजयनगर ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यस्तै रुपन्देहीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् ।महाराजगञ्ज नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका २ वर्षीय र १४ वर्षीय बालकसँगै २, ३, ४, ५, १४ वर्षीय बालबालिका, २०, २८ र १६ वर्षीया महिला तथा २०, २२, ३५ र ४० वर्षीया पुरूष छन् ।उनीहरू सबै भारतका विभिन्न स्थानबाट आई क्वारेन्टाइनमा बसेको खुलेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २० पुगेको छ ।
Discussion about this post