बाँके जेठ ७ गते ।
बाँकेमा ६ जनामा कोरोनाका बिरामी थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । बाँकेमा मात्र संक्रमितको संख्या ९९ पुगेको छ ।
नेपालमा भने ४२७ पुगेको छ । कोरोनाबाट अहिलेसम्म २ जनाले ज्यान गुमाएका छ्न। त्यस्मा बाँकेका एकजना पनि परेका छ्न ।
Discussion about this post