काठमाडौ जेठ ८ गते ।
नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो पटक झापामा ८ र रुपन्देहीमा १ जना संक्रमित थपिएका हुन् ।
उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए। कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।
Discussion about this post