काठमाडौ जेठ ८ गते ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश ५ सरकारले यहि जेठ १० गते ३ बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
आज बसेको प्रदेश ५ मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश ५ मा रहेका पहाडी जिल्लामा ५० र तराईका ६ जिल्लामा २ सय बेडको आइसोलेसन केन्द्र बनाउने र आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका तथा कोभिड १९ को लक्षण नदेखिएका बिरामी राख्ने निर्णय गरेको छ ।
आइसोलेसन केन्द्र बनाउन प्रदेश कोभिड कोषबाट बजेट दिइने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय बैठकले गरेको छ ।
Discussion about this post