बाँके जेठ ११ गते ।
बाँकेमा आईतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाशप्रसाद देवका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या १ सय ४६ पुगेको छ भने एकजनाको मृत्यु भएको छ । यस्तै प्रतिष्ठानमै गरिएको परीक्षणमा बर्दिया बासगढी नगरपालिका ९ का २५ बर्षका पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
Discussion about this post