बाँके जेठ ११ गते ।
बाँके क्षेत्र नम्वर दुईबाट निर्वाचित संघीय सांसद मोहम्मद इस्तियाक राईले घरमै इदुल फित्र मनाउन अपिल गरेका छन् ।
विश्व ब्यापी फैलिएको कोरोना भाइरसका कारण इदगाहमा पुगेर सामुहिक नमाज पढेर मनाउने अवस्था नरहेका कारण यसबर्षको इद घरमै मनाउन राईले सुझाव दिएका हुन् । पूर्वमन्त्री समेत रहेका राईले नेपालगन्ज, आफ्नो निर्वाचन क्षेत्र तथा सम्पूर्णलाई इदको शुभकामना दिंदै आपसी सदभाव र शान्तिपूर्ण तरिकाले मनाउन भनेका छन् ।
हरेक बर्ष धुमधामले सामाजिक सद्भाव कायम राख्दै मनाइदै आइएको इदुल फित्र यसबर्ष लकडाउन मै मनाउनु परेको हो। कोरोना महामारीका कारण यस पटक मुस्लिम धर्मगुरुहरु, मुफ्तिहरुको निर्णय अनुसार ईदको नमाजको सट्टा चास्त वा नफिलको नमाज आआफ्नै घरमा पढ्न सबैलाई आग्रह गरिएको छ ।
कोभिड १९ को महामारी विच मनाउने मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्र घरमै नमाज पढी रमाइलो गरेर स परिवार सङ्गै बसेर मनाउन राईले आग्रह गरेका छन् । उनले इदको रौनकमा गरिने खर्च मा मितव्ययिता अपानाउदै हुने खानेले हुँदा खानेको परिवारलाई सहयोग गर्ने र अहिलेको संकटपुर्ण अवस्थामा कोहि दुखी गरिवको मनमा ठेस पुग्ने तरिकाले तडकभडक गरेका तस्बिरहरु सामाजिक सन्जालमा नराख्न समेत अपिल गरेका छन् ।
पुर्व मन्त्री राइले सामाजिक दुरि कायम गर्दै मनको दुरिलाई नजिक गराउदै एकले अर्कालाई शुभकामना आदान प्रदान गर्दै सबैले मिलेर लकडाउनको पालना गरि इद पर्व मनाउनु पर्नेमा जोड दिएका छन् ।
Discussion about this post