काठमाडौ जेठ १२ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आजअपरान्ह ५ः३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।
आजै अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन्। नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीको सम्बोधन प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको थापाले बताएका छन् ।
Discussion about this post