कपिलवस्त जेठ १२ गते ।
नेपालमा पहिलो पटक कोरोना संक्रमित नर्स आज कपिलवस्तु अस्पतालबाट पूर्ण रुपमा ठिक भएर डिस्चार्ज भएकी छन । कपिलवस्तु अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्सको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि आज बिहान डिस्चार्ज भएकी हुन् ।
पहिलो स्वाब परीक्षण गर्दा वैशाखा ३० गते तौलिहवास्थित कपिलवस्तु अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएको थियो ।नेपालकै पहिलो स्वास्थ्यकर्मीका रुपमा उनलाई कोरोना देखिएपनि आईसोलेशनबाटै उनले कोरोना जितेर सोमबार घर फर्किएकी अस्पताल स्रोतले जनाएको छ ।
उनकोको दोस्रो र तेस्रो रिपोर्ट भने नेगेटिभ आएको छ । उनले आफू संक्रमणमुक्त भएको जानकारी दिदै अस्पतालमा बस्दा स्वास्थ्य लाभको शुभकामना दिनुहुने सबैलाई धन्यवाद दिएकी छन् ।
उनले आफुमा आत्मबल भएमा कोरोना भन्दा ठुलो रोग लागेनी निको हुने रहेछ भन्दै कोरोनाको डर मन मा नलिन घरमै सुरक्षीत बस्न सुरक्षित र पोषिलो खाना खान सबैलाई आग्रह गरेकी छिन ।
Discussion about this post