बाँके जेठ १२ गते ।
नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । ४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।
त्यस्तै नेपालमा आज (सोमवार) थपिएका ७२ जना सहित कुल संक्रमितको संख्या ६७५ पुगेको छ । साथै नेपालमा अहिलेसम्म ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४१ जिल्लाहरूको विवरणः पर्सा ९४, रुपन्देही ४३, उदयपुर ३३, कपिलवस्तु ८३, बाँके १४६, काठमाडौं १७, धादिङ २,कैलाली ७, बारा ३५, धनुषा १२, रौतहट ४९, वाग्लुङ २, चितवन ६, झापा ३६, महोत्तरी ३, भक्तपुर ४, बर्दिया ४, भोजपुर १, कञ्चनपुर १, नवलपरासी (पश्चिम) ६, सप्तरी ४, सर्लाही ३३, नवलपरासी (पूर्व) २, मकवानपुर ३, दाङ ५, काभ्रे १, सिरहा १, सिन्धुपाल्चोक १, मोरङ ६, धनकुटा ७, गुल्मी २, खोटाङ १, दैलेख ८, सुनसरी ३, ललितपुर १, लमजुङ १, रामेछाप १, सिन्धुली १, डडेलधुरा १, बैतडी ५, सुर्खेत ३, नुवाकोट १ गरि यो समाचार तयार पार्दा सम्म जम्मा ६७५ ।
Discussion about this post