बाँके जेठ १२ गते ।
रुकुम पश्चिमको चौरजहारी घटनालाई पुर्व समाजवादी पार्टीले जातीय साम्प्रदायिकता भड्काएर सामाजिक सद्भाव बिथोल्ने गरि भएको अपराधीक हत्याकाण्ड भनेको छ । आज एक बिज्ञप्ती निकालेर पुर्व समाजवादी पार्टीले घटनाबारे छानबिन गर्न माग समेत गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ, जेठ १० गतेका दिन चौरजहारी नगरपालिका वडा नम्बर ८ रुकुममा पश्चिम भेरी नगरपालिका ४ रानागाउँ जाजरकोट निवासी नवराज बिक र चौरजहारि नगरपालिका वडा नम्बर ८ सोति निवासी सुश्मा मल्ल बिचको प्रेम बिबाह सम्बन्धी घटनालाई जातीय साम्प्रदायिकता भड्काएर सामाजिक सद्भाव बिथोल्ने गरि भएको अपराधीक हत्याकाण्डको पुर्व समाजवादी पार्टी प्रदेश समितीले घोरभत्सर्ना गर्दछ ।
पुर्व समाजवादी पार्टी प्रदेश ५ का अध्यक्ष अशोककुमार यादवद्वारा जारी गरिएको बिज्ञप्तीमा मुलुक धर्म निरपेक्ष राज्य र छुवाछूत मुलुक राष्ट्र घोषणा भैइ संबैधानिक तथा कानुनी व्यवस्थामै सजायको व्यवस्था समेत भएकोले आजको एक्काइसौं शताब्दीको मानव सभ्यता लाईनै उपहास गर्ने र राज्यको कानुनलाई ठाडो चुनौती दिने गरि घटना घट्नु अमानवीय र निन्दनीय भएको उल्लेख छ ।
घटनामा संलग्नलाई कानुन बमोजिम कार्वाही गर्न माग पनि गरिएको छ । मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ ।बेपत्ता ४ युवाको अवस्था भने अझै अज्ञात छ ।
प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शव फेला परेको छ ।
सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।
Discussion about this post