जाजरकोट जेठ १४ गते ।
स्वास्थ्य चौकी निर्माणका लागि बालुवा निकाल्ने क्रममा जाजरकोटको खिरखिरेमा पतिपत्नीको पुरिएर मृत्यु भएको छ ।
नलगाड नगरपालिका–९ तात्रका ३६ वर्षीय एक्कबहादुर सिंह र उनकी पत्नी ३३ वर्षीया कुमारी सिंहको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पत्नी कुमारीको घटनास्थलमा नै मृत्यु भएको र गम्भीर घाइते एक्क बहादुरको उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।
Discussion about this post