काठमाडौं जेठ १५ गते ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्रले उत्पीडित समुदायको प्रतिनिधित्व गरेको बताएका छन् ।
१३ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षौंदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन, अपितु गुणात्मक परिवर्तनको प्रतिनिधित्व गरेको बताए ।
‘संघीय लाेकतान्त्रिक गणतन्त्रले नेपालमा सयाैं वर्षदेखि चल्दै आएकाे राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार हाेइन अपितु गुणात्मक परिवर्तनकाे प्रतिनिधित्व गरेकाे छ ।
याे नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायकाे अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेकाे छ,’ जारी सन्देमा उल्लेख गरिएको छ ।
Discussion about this post