काठमाडौ जेठ १५ गते ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा अर्थमन्त्री युवराज खतिवडाले बालीको सम्भावना हेरेर ठूलो परिणाममा उत्पादन सुनिश्चित गरिने बताएका हुन् ।
उनले सरकारले कृषि क्षेत्रमा चुनौती र अवसरलाई सम्बोधन गर्न श्रम परिचालन गरी रोजगारी सिर्जना गर्ने बताए । कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य सरकारले लिएको उनले बताए । आगामी वर्ष दूध, तरकारी र मासुमा देशलाई आत्मनिर्भर बनाउने र गरीब विपन्नलाई लक्षित गरी आर्थिक सहायता दिइने खतिवडाले बताए ।
उनले स्थानीय सम्भावनाका आधारमा एक क्षेत्रमा एक उत्पादन प्रणाली लागू गरिनेसमेत बताए ।
यसका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले जानकारी दिए । साथसाथै रासायनिक मलका लागि सरकारले ११ अर्ब अनुदान दिने व्यवस्था मिलाएको खतिवडाले बताए ।
Discussion about this post