काठमाडौं जेठ १८ गते ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा सांसद् विरोध खतिवडाले भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर बनाएको सडकमा यातायात सञ्चालनको तयारी गरेको भन्दै त्यसलाई रोक्ने पहल थाल्न माग गर्नुभएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले लिपुलेक अतिक्रमण गरेर भारतले मानसरोवर जाने गरी यातायात सञ्चालन गर्न लागेको जनाउँदै जसरी पनि रोक्नुपर्ने बताएका छन् । उक्त क्षेत्र भएर निर्माण गरिएको सडकमा भारतले रुट परमिट दिएर सडक सञ्चालन गर्न लागेको सुन्नमा आएको छ ।
वार्ता र कूटनीतिक कुरा हुँदै गर्छ, सरकारले त्यो सडकमा यातायात सञ्चालनमा रोक लगाउन माग गर्दछु,’ उनले भने त्यहाँ सडक यातायात सञ्चालनमा आएमा अन्य भौतिक संरचना निर्माण हुने भएकाले सरकारले समयमै रोक्न पहल गर्नुपर्ने उनको भनाइ थियो ।
Discussion about this post