काठमाडौ जेठ १८ गते ।
नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन सरकारले संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ पेश गरेकी हुन् ।
संशोधन प्रस्तावमा कसैको पनि विरोध परेको छैन । नेपालको अध्यावधिक नक्सा अनुसूची–३ मा उल्लेख गरिएको लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।
भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि संविधानको धारा ९ को उपधारा २ अन्तर्गत रहेको अनुसूची ३ मा व्यवस्था भएको नेपालको निशान छापबारे संशोधन गर्न सरकार लागेको हो ।
संविधान संशोधनपछि निशान छापमा रहेको पुरानो नेपालको नक्साका ठाउँमा नयाँ नक्सा अध्यावधिक हुनेछ । संशोधन विधेयकमा काँग्रेसको समेत समर्थन रहेपछि पारित हुने निश्चित जस्तै छ ।
Discussion about this post