बाँके जेठ १९ गते ।
बाँकेको अघैया नजिक जंगलमा नेपालगञ्ज बाट दांङ सल्यान तर्फ गईरहेको ना ५ ख ५९९५ नम्बरको यात्रु बहाक मिनि बस र बा ४ ख ९०६४ नम्बरको ट्रक एक आपसमा जुधेका हुन् ।दुर्घटनामा ११ जनाको घटनास्थलमै निधन भएको छ भने एक जना घाइते भएर भेरी अस्पतालमा उपचारको क्रममा अहिले बिहान निधन भएको छ ।
निधन हुनेको संख्या १२ पुग्यो । २१ जना घाइतेको उपचार भैइरहेको छ । घाइते मध्य केही अवस्था ग’म्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । रोकी राखेको ट्रकमा बस गएर जुधेको हो । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । आइतबार राती करीब ११ वजे तिर भएको दुर्घटनामा माइक्रो बसका चालक समेत गरि सवार ३३ जना मध्य १२ जनाको निधन भएको छ ।
दुर्घटना पछी नेपालगञ्जबाट गएका सत्यानी सेवा समाजका अध्यक्ष दशरथ चन्द लगायतको टिम, जनपद तथा शसस्त्र, ट्राफिक प्रहरीले राती घटनामा परेका घाइते तथा मृर्तक हरुलाई राती अस्पताल लगेको हो । राति २ वजे उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुको नेपालञ्ज स्थित भेरी अस्पतालमा उपचार भइरहेको घटना स्थल पुगेको प्रहरीलाई उदृत गर्दै सल्यानी सेवा समाज बाँकेले जानकारी दिएको छ।
भेरी अस्पतालले पनि आफ्नो अधिकारीक फेसवुक पेज मार्फत ” दाङ तर्फ गैरहेको गाडी बाँकेको अगैयामा दुर्घटना । ३३ सवारी (चालक समेत गरि) मध्ये १२ को निधन भएको छ भने अन्यको अस्पतालमा उपचार हुँदै गर्दा ४ जना ग’म्भीर भन्दै उल्लेख गरेको छ ।
Discussion about this post