दैलेख जेठ १९ गते ।
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो केन्द्रका रुपमा देखिँदै आएको कर्णाली प्रदेशमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ ।आइतबार अबेर राति ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एकै दिन यतिधेरै संक्रमित देखिएका हुन् । नयाँ संक्रमित मध्ये २४ जना दैलेख जिल्लाको नारायण नगरपालिका, सिमडा, सोत, सादु, जुकेपानी र दुल्ल गाउँपालिका रहेका छन् । यस्तै १७ जना जुम्लाको हिमा र सिंजा गाउँपालिकाका रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
संक्रमित मध्ये दुईजना जिल्ला प्रहरी कार्यालयका प्रहरी रहेका छन् । योसँगै कर्णालीका ६ जिल्लामा कोरोना भाइरस संक्रमितको कुल संख्या १६६ पुगेको छ ।कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा कोरोना भाइरसको संक्रमण हालसम्म देखिएको छैन।
Discussion about this post