जनकपुरधाम जेठ १९ गते ।
धनुषा र महोत्तरीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । आज बिहान करिव ९ बजेको समयमा मेघगर्जनसंगै खसेको चट्याङ लागेर धनुषाको मिथिला नगरपालिका वडा नम्बर—७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिनुभयो ।
काफ्ले घाँसदाउरा ल्याउन जंगल गएको बेलामा चट्याङ खसेको बताइएको छ । उता,महोत्तरीमा समेत भैंसी चराउन गएको बेला महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर—१ का ५५ वर्षीय इन्दल यादवको पनि बिहान बिहानै चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
Discussion about this post