भिम पौडेल
बाँके जेठ १९ गते ।
बाँके मा कोरोना भाईरस को संक्रमण उच्च भएसंगै पिसिआर जाँच र आरडिटी जाँच लाई तिब्रता दिने भएको छ ।
हाल बाँकेको कोहलपुर नगरपालिका र जानकी गाउँ पालीकामा बाहेक सबै पालिका हरुमा १८९ जना कोरोना संक्रमित फेला परिसकेका छन । हाल सम्म बाँके मा ३७६७ जनाको पिसिआर स्वाब संकलन गरिसकेको छ ।
यसै कुरा को मध्यनजर गर्दै स्वास्थ्य कार्यालय , भेरी अस्पताल र ए.डि.आर.ए नेपालकाे संयोजनमा कोभिड-१९ काे शंकास्पद बिरामी तथा कन्ट्याक ट्रेसिङमा परेका ब्यक्तीहरुको पिसिआर स्याम्पल कलेक्सन तथा आर.डि.टि जाँच सम्बन्धि ल्याब सेवा प्रदायक हरुका लागी एक दिने तालिमको भेरी अस्पतालमा आयोजना गरिएको छ ।
जनसक्ति हरुलाइ स्वाब कलेक्सनमा सहज होस भनि तालिमको आयोजना गरियको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सुचना अधिकृत नरेश श्रेष्ठले जानकारी दिएका छन ।
सो तालिमको प्रशिक्षक स्वास्थ्य मन्त्रालयका सुलभ आचार्य र भेरी अस्पताल सन्दिप पोख्रेल ले गरेका थिए । यो संगै कोभिड-१९ स्याम्पल कलेक्सनका लागी तालिम प्राप्त जनशक्ति संख्या ३० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
Discussion about this post