बाँके जेठ १९ गते ।
बाँकेको राप्तीसोनारीमा आइतवार राती भएको हाइस दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अस्पतालको प्रयोगशालामा सोमवार गरिएको पिसिआर परीक्षणमा सबै ३३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
भारतका बिभिन्न शहरबाट फर्किएकाहरुलाई गन्तब्यतर्फ लैजाने क्रममा आइतवार राती बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ ठुरियास्थित राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किँदा घट्नास्थलमा ११ जनाको मृत्यु भएको थियो भने एक जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनमा २१ जना घाइते भएका थिए । घटनालगत्तै नेपालगञ्ज ल्याइएका मृतक र घाइते सबैको स्वाब संकलन गरी गरिएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
Discussion about this post