बाँके जेठ १९ गते ।
कोहलपुर ११ बनबाटिका टोलका मनकारी युवा व्यवसायीले लकडाउन अवधी भरको घरभाडा छुट दिने भएका छन् ।कोहलपुरका युवा माझ लोकप्रिय एवं सामाजिक कार्यमा सक्रिय युवा दिप्रेन्द्र केसीले आफ्नो घरमा बस्ने डेरावालहरुलाई रु।
५० हजार बराबरको घरभाडा छुट दिने भएका हुन । उनको यस कार्यले अन्य घरवहालमा दिनेहरुलाई समेत स मिलेको वनबाटिका टोलका स्थानियहरुले बताएका छन् ।केसीको घरमा बस्दै आएका भारत निबासी वरुण गुप्ताले आफुलाई केसीको निर्णयले ठुलो राहत मिलेको बताए ।
मनकारी युवा केसीले केही दिन अगाडी कोहलपुरको न्युरोडको बाटोमा हिडने क्रममा भेटाएको पर्स सहित नगद १४ हजार गेरुवा बर्दियाका डिला अधिकारीलाई फिर्ता गरेका थिए । केसी बनबाटिका टोल सुधार समितीको सचिव पदमा रही स्थानिय टोलको विकास निर्माणमा समेच सक्रिय जनाइरहेका छन् ।
साथै उनले आफ्नो गृह जिल्ला सल्यानमा रहेको घरमा बस्नेहरुलाई ४० हजार बराबर भाडा छुट गरेको बताए ।
Discussion about this post