काठमाडौं जेठ १९ गते ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेको छ । सोमबार राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् ।
यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गरेको थिएन । त्यतिबेला संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका थिए । सोमबार भने उनले विधेयक दर्ता गरे ।
विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताए ।
सरकारले मान्दैन भने हामीले के गर्ने हो त्यो गर्छौं’ उनले भने ‘हाम्रो मानेन भने उनीहरुको मान्न बाध्य हुन्नौं । नेता कर्णले आफूहरुको विधेयकलाई नेपाली कांग्रेसले पनि समर्थन गर्नुपर्ने बताए ।
Discussion about this post