बाँके जेठ २० गते ।
नेपालमा १८ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ जनाको मृत्यु भएको छ भने २ सय २१ जना संक्रमणमुक्त भएका छन्।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५ हजार ६ सय ८ पुगेको छ। भारतमा हालसम्म ९५ हजार ७ सय ५४ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ७२ हजार ४ सय ६० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा १ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २६ हजार ८३ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या १ हजार ६ सय ४३ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या ८११ छ।बंगलादेशमा कोरोना संक्रमितको संख्या ४९ हजार ५ सय ३४ पुगेको छ। बंगलादेशमा हालसम्म ६ सय ३२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १० हजार ५ सय ९७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या १५ हजार ७ सय ५० पुगेको छ। अफगानिस्तानमा २ सय ६५ जनाको मृत्यु भइसकेको छ भने १ हजार ४ सय २८ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ४३ पुगेको छ।
उपचारपछि निको हुनेको संख्या ६ छ।माल्दिभ्समा संक्रमितको संख्या १ हजार ८ सय २९ छ। मृत्यु हुनेको संख्या ६ छ भने उपचारपछि निको हुनेको संख्या ४८८ पुगेको छ।
Discussion about this post