काठमाडौ जेठ २० गते ।
डाक्टर गोविन्द केसीले मंगलवार देखि फेरी अनसन बसेका छन् । उनी आफ्नो जिवनको १८ औं अनसन दार्चुला सदरमुकाम खलंगामा बसेका छन् । दुई दिन अनसनमा उनले सिमा समस्या समाधान पनि आफ्नो एजेण्डामा पारेका छन् ।
सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि सत्याग्रह सुरु गरेको उनले बताएका छन् । सत्याग्रह सुरु गर्नुअघि डा केसीले पत्रकार सम्मेलनको आयोजना गर्ने बताएका थिए ।
डा. केसीले आज प्रेस विज्ञप्ति निकाल्दै २ दिन अनसन बस्ने घोषणा गरेका थिए ।डा केसीले भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया शुरु गर्न माग गर्दै र चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै दुई दिन अनसन बस्ने घोषणा गरेका हुन् ।
यस्ता छन् मागहरुः
१ दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्।
२ भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस्।
३ गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस्। हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस्। तस्बीर अनलाईनखबर
Discussion about this post