बाँके जेठ २१ गते ।
रोल्पा बाहेक प्रदेश पाँचका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । मंगलवार प्यूठानमा कोरोना भाइरसको संक्रमण देखिएसँगै प्रदेश पाँचका ११ वटा जिल्लामा कोरोना देखिएको हो । प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या ७ सय ६१ पुगेको छ ।
सबैभन्दा धेरै संक्रमितको संख्या कपिलबस्तुमा छ । कपिलबस्तुमा ३ सय ६५, बाँकेमा २ सय १३, रुपन्देही ८४, दाङमा ६२, बर्दियामा १३, नवलपरासी पश्चिममा ७, गुल्मीमा ५, पाल्पामा ५, अर्घाखाँचीमा ३, रुकुम पूर्वमा ३ र प्युठानमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश पाँच अहिले कोरोनाको इपिसेन्टर बनेको छ ।
Discussion about this post