काठमाडौं जेठ २१ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा विदेशीको चलखेल व्यापक भएको बताएका छन्। जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिकको रुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुँदै जाने उनले स्पष्ट पारेका छन्।
बुधबार बिहान ट्वीट गर्दै उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा विदेशी ‘एसेट’को चलखेल यति व्यापक छ कि ठिक/बेठिक छुट्याउन पनि कठिन भएको छ। बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्।
जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुन्छ।’ भारतको मिचाहा प्रवृत्ति विरुद्ध राष्ट्रसंघमा आवाज उठाऔं , भारतको दवावबाट नेपाल झुक्दैन : कमल थापा
उनले राष्ट्रिय स्वाभिमान/स्वतन्त्रता बन्धकमा पर्ने खतरा पर्ने आशंका गरेका छन्। स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको बताउँदै थापाले समयमा सचेत बन्न आह्वान गरेका छन्।
Discussion about this post