काठमाडौं जेठ २१ गते ।
अस्पतालका स्वास्थ्यकर्मी र विरामीमा कोरोना पुष्टि भएपछि काठमाडौं मेडिकल कलेज (केएमसी) को सिनामंगलस्थित शिक्षण अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना पुष्टि भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको हो । अस्पतालले सूचना जारी गर्दै अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।
अस्पतालले बुधबार अत्यन्त जरुरी भन्दै प्रकाशन गरेको सूचनामा अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ बिरामीमा कोरोना सं’क्रम’ण पुष्टि भएकाले आकस्मिक सेवासमेत अस्पतालका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो। अब अर्को सूचना नआउन्जेलका लागि अस्पताल नखुल्ने अस्पतालले जनाएको छ।
संक्रमण फैलिने जोखिम भएकाले आकस्मिकसमेत सबै उपचार सेवा बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ।
Discussion about this post