रौतहट जेठ २१ गते ।
रौतहटको राजपुर नगरपालिका वडा नं. ९ मा रहेको बैरीया क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरु माथि कुटपिट र आक्रमण भएको छ ।ठुलो संख्यामा आएका गाउँके र क्वारेन्टाईनमा रहेका व्यक्तिहरुले स्वास्थ्यकर्मी शेख खुरसैद लाई कुटपिट गरि घाइते बनाएका छन् ।
शेख खुरसैदको टाउकोमा गंभिर चोट लागेर बेहोस भएका छन् भने केही स्वास्थकर्मिको हात समेत भाचिएको मेयर मो. शकिल अख्तरले जानकारी दिएका छन् । क्वारेन्टाइनमा बसेकाहरु चेकजाँच गर्दा अधिकांसको पोजेटिभ केस फेला पर्दै गए पछि फेला परेका केहि व्यक्तिले यी स्वास्थ्यकर्मी को चेकजाँच गल्ती रहेको ले स्वास्थ्यकर्मी को लापरबाहीको कारण देखाइ होहल्ला गर्दै त्यहि बिचबाट केही व्यक्तिहरुले स्वास्थ्यकर्मी खुरसैद लगायतलाई आक्रमण गरि घाइते बनाएका हुन् ।
स्वास्थ्यकर्मी खुरसैदको टाउमा गम्भीर चोट लागेको छ । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ ।
Discussion about this post