बाँके जेठ २२ गते ।
भारतबाट फर्किनेहरुलाई लक्षित गरेर नेपालगन्जको जमुनाह नाकामा तयारी खाना वितरण सुरु गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिका प्लान नेपाल, बाँके युनेस्को क्लवको समन्वय र सहकार्यमा भारतबाट आउने नागरिकहरुलाई तयारी खाना वितरण सुरु भएको हो ।
यसमा प्लान नेपालले आर्थिक सहयोग गरेको र नेपालगन्ज उपमहानगरपालिकाले समन्वय गरेको उपमेयर उमा थापामगरले जानकारी दिनुभयो । बाँके युनेस्को क्लव भने आयोजकका रुपमा रहेको छ ।
भारतबाट आउने नेपालीहरुलाई भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले निःशूल्क तयारी खाना वितरण सुरु गरिएको हो ।
प्लान नेपालका नेपालगन्ज प्रमुख मीना पराजुलीले भारतबाट आउने नेपालीहरुले खान समेत नपाएको गुनासो आएपछि आफुहरुले आर्थिक सहयोगमा तयारी खाना र पानीको व्यवस्था गरिएको बताउनुभयो ।
करिव ३५ हजारलाई तयारी खाना र पानी उपलब्ध गराइने उहाँको भनाइ छ।
Discussion about this post