बाँके जेठ २३ गते ।
बाँकेमा थप १३ जनाले कोरोना संक्रमित निको भएर घर गएका छन् । नरैनापुर गाउँपालिकाका थप १२ र नेपालगन्जका १ गरी आज १३ जनाले कोरोना जितेका हुन् ।

नेपालगन्जको लाइन्स डेन्टल आइसोलेसनबाट १२ र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट १ गरी १३ जना निको भएर घर फर्किएका हुन्।

शुक्रबार एक कार्यक्रमकाबीच नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, लायन्स सेम शाक्य लगायतले निको भएर घर फर्किनेहरुलाई खादा र पूmल उपहार दिएर विदाई गर्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको व्यवस्थापनमा संक्रमितहरुलाई लाइन्स डेन्टल अस्पतालको आइसोलेसनमा राखिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले आइसोलेसनमा रहेका २३ जनामध्ये १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो ।

शुक्रबार निको भएका सहित बाँकेमा कोरोना जित्नेको संख्या ४१ पुगेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या २ सय ५५ छ । संक्रमित मध्ये नरैनापुरका एक युवकको मृत्यु भइसकेको छ ।





Discussion about this post