बाँके जेठ २५ गते ।
वैजनाथ गाउँपालिका– ८ हसनापुरस्थित भगवती मावि क्वारेन्टाइनलाई स्थानीय सहकारी संहकारी संस्थाले तरकारी सहयोग गरेको छ ।
महिला साना किसान कृषि सहकारी संस्थाले क्वारेन्टाइनमा आश्रीतहरुका लागि शनीबार ढाई क्वीन्टल तरकारी सहयोग गरेको हो । भारतबाट आएका ८७ जनालाई त्यहाँ राखीएको छ ।
सहकारी संस्थाकी अध्यक्ष निर्मला रोकायाले क्वारेन्टाइन व्यवस्थापक एवं वडा सदस्य शुक्र बहादुर रावतलाई तरकारी हस्तान्तरण गर्नु भएको हो । आलु, लौकी फर्सि, कटहर लगायतको करिव ६ हजार बराबरको तरकारी सहयोग गरिएको हो ।
Discussion about this post