अजय पाठक
बाँके साउन ३२ गते । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले आज नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले आयोजित गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको छन ।
भनिन्छ रक्तदान एउटा जिवनदान गर्नु हो । आज यस् कार्यक्रममा ३० जनाले एक एक जीवन दान गरि समाजिक कार्य गरेका छन । संस्था अनुसार महिलाहरुको रक्तदान अझै अपेक्षित रहेको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष शालिक सुवेदीले अफ्नो समाजीक कार्यलाई मान गर्दौ यस् कार्यक्रमको उत्तरदायित्व समझेका हुन । रगतका अभावमा समाजमा धेरै मानिसहरुले ज्यान गुमाउनु परेको छ, भबिस्यमा रगतको अभावले क्सैले ज्यान गुमाउनु नपरोस भन्ने मुलनाराका साथमा कार्यक्रमको आयोजना गरिएको र हामीले संस्थागत रुपमा रक्तदान कार्यक्रम राखे अध्यक्ष सुवेदीले भन्नुभयो ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले पछिल्लो समय संघसंस्थाहरुले रक्तदान कार्यक्रम गरिरहँदा रगत अभावको समस्या झेल्नु नपरेको बताउनुभयो ।
Discussion about this post