काठमाडौं जेठ २६ गते ।
भारतले नेपाली भूमि अतिक्रमण गरेको मुद्दा ओझेलमा पार्दै लगिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले चिन्ता जनाएका छन् ।
उनले ट्वीट गर्दै दलहरुले मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारा मात्रै बनाउन खोजेको भन्दै आम नागरिकले खबरदावी गर्नुपर्ने बेला आएको बताएका छन् । पूर्वराजाको भनाई छ, ‘सरकार आफ्ना नियमित तथा केही अनावश्यक र अप्रासंगिक कार्यहरुमा अल्मलिएर एउटा निश्चित बिन्दुमा पुगी आम जनमानसमा आशा पलाएको राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको आभाष भएको छ।
मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भनी आम नागरिकले खबरदारी गर्ने बेला आइसकेको छ।’ पछिल्लो समयमा नेपालको नयाँ नक्सा सच्याउन गर्ने भनिएको संविधान संशोधन प्रक्रिया अन्योलमा परेको अवस्थामा पूर्वराजाको प्रतिक्रिया आएको हो ।
Discussion about this post