बाँके जेठ २६ गते ।
इनरुडेक बाँकेले आज जिल्लाका ३ स्थानीय तहहरुमा सेनिटाइजर, मास्क, पन्जा लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । जसमध्ये कोहलपुर नगरपालिका वडा नं.१, खजुरा गाउँपालिकाका तथा जानकी गाउँपालिकमा सामाग्रीहरु वितरण गरिएको छ ।
नेपालमा कोरोना भाइसर (कोभिड–१९) को संक्रमण दिनप्रतिदिन बढ्दै गैरहेको अवस्थामा जनतासँग दिनरात जनप्रतिनिधि तथा कर्मचारीहरु जोडिने कुरालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको मानवअधिकारकर्मी तथा इनरुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले बताएकाछन् ।
उनले जनताको काममा रातदिन खटिने जनप्रतिनिधि तथा कर्मचारीहरुलाई स्वास्थ्य सामाग्रीको पहुँचमा राख्न र उनीहरुको मनोबल उच्च गराउन सहयोग गरेको बताए ।
उनले आफुहरुले गरेको सहयोग प्रयाप्त नभएपनि केहि समयका लागि उनीहरुलाई काममा खटिन सहजता हुने बताएका छन् ।
Discussion about this post