रुपन्देही जेठ २७ गते ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिएका छन् ।
अभियुक्त पनि सोही फाराममा काम गर्ने सोही समूहकै रहेको र उनी हत्यापछि फरार भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि आफू घटनास्थलमा जाँदै गरेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए । यसरी सामूहिक रुममै हत्या किन र कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post