बाँके जेठ २७ गते।
मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।
मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
बाँकेमा हिजो सोमबार बेलुका नै ९ जनामा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य मन्त्रालयले आज मात्रै त्यसको जानकारी दिएको हो । यसअघि भेरी अस्पतालले बाँकेका संक्रमितहरुको तथ्याङ्क सार्वजनिक गरिसकेको थियो ।
Discussion about this post