बाँके जेठ २८ गते ।
बाँकेको कोहलपुरमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अव बाँकेका आठ वटै पालिकामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरीएको पिसिआर परीक्षणमा कोहलपुरका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुर नगरपालिका १२ का १८, १८ र २२ बर्षका युवामा कोरोना भाइरस पुष्टि भएको हो ।
उनीहरु सबै भारतबाट आएको खुलेको छ। यस्तै भेरी अस्पतालमा गरीएको पिसिआर परीक्षणमा बर्दिया र रोल्पाका एकएक जनामा पनि कोरोना देखिएको छ ।
Discussion about this post