बाँके जेठ २९ गते ।
बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा आज गरिएको पिसिआर परिक्षणमा कोहलपुर नगरपालिकाका १, खजुरा गाउँपालिकाका २, बैजनाथ गाउँपालिकाका ४ र राप्ती सोनारी गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा रोल्पाका १४ जनामा कोरोना देखिएको छ ।
Discussion about this post