बाँके जेठ ३१ गते ।
बाँकेमा थप १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । राप्तीसोनारी गाउँपालिकाका १५, नेपालगन्ज उपमहानगरपालिकाका एक र खजुरा गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
राप्तीसोनारीमा सबैभन्दा धेरै वडा नम्वर आठका १०, वडा नम्वर ५ का ३ र वडा नम्वर ९ का २ जना रहेका छन् । त्यसैगरी नेपालगन्ज २२ का एक र खजुरा गाउँपालिका एकका दुई र अर्का वडा नम्वर ६ का हुन् ।
योसँगै बाँकेमा संक्रमितको संख्या ३ सय १५ पुगेको छ । भेरी अस्पताल नेपालगन्जमा गरीएको पिसिआर परीक्षणमा बर्दियाका ६ र रोल्पाका १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
Discussion about this post