बाँके जेठ ३१ गते ।
लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा कोहलपुरमा युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।
संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो ।
लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा बाँकेको कोहलपुरमा राष्ट्रिय युवा संघ नेपाल बाँकेको आह्वानमा दीप प्रज्ज्वलन गरिएको हो।
दिप प्रज्वल कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्यालको अध्यक्षता तथा नेकपा प्रदेश ५ सचिवालय सदस्य एवं नेकपा बाँकेका सचीव अशोक कोईरालाको प्रमुख अतिथिमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा नेकपा प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपाने , नेकपा बाँके कार्यलय सदस्य रेनुका खड्का , अब्दुल हुसैन खा तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य दिपक जिएम ,राष्ट्रिय युवा संघ बैजनाथका अध्यक्ष यज्ञ पुन, नेकपा नगर अध्यक्ष बशन्ती अधिकारी नेकपा नगर इन्चार्ज शोभाखर अधिकारी युबा संघ केन्द्रिय सदस्य खेम शर्मा लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरुले कोहलपुरमा सरकारलाई धन्यवाद दिदै दीप प्रज्ज्वलन गरेका हुन् ।
Discussion about this post