काठमाडौं जेठ ३२ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मिचिएको भूमि फिर्ताका विषयमा छिमेकी मुलुक भारतसँग वार्ता हुने बताउनु भएको छ । नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उहाले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताउनु भएको हो ।
प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा भएको उल्लेख गरेका हुन् ।
‘संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ’, प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कुर्सी जाओस् तर नेपालको भूमि फिर्ता ल्याएरै छाड्ने उद्घोष गर्दै आएका छन् .
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post