बाँके जेठ ३२ गते ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज थप ७ जनामा कोभिड १९ संक्रमित भेटिएको पुष्टी भएको छ ।
बाँके राप्ती सोनारीका १ जना , डुडुवाका २ जना , बढैयाताल बर्दियाका ३ जना र कोहलपुरमा उपचाररत रुकुमको एक जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
यो सङ्गै बाँकेमा संक्रमितका संख्या ३१७ पुगेको छ ।
Discussion about this post